परिक्षामा चिट चोराइ रोक्न शिक्षकको यस्तो काइदा

168

एजेन्सी / विद्यालय तथा कलेजका परीक्षामा चिट चोर्ने चोराउनेहरूको घुइँचो नै लाग्ने गरेको हामीले देखेकै छौं । विद्यार्थीलाई चिट चोर्नबाट रोक्नका लागि शिक्षकहरूले अनेक खालका उपाय तथा सावधानी अपनाएका हुन्छन् । उता मेक्सिकोका एकजना शिक्षकले चाहिँ विद्यार्थीलाई चिट चोर्न नदिनका लागि सायद दुनियाँमा कसैले नगरेको उपाय लगाएका छन् ।

उनको चिट चोराइ रोक्ने त्यो काइदा सोसल मिडियामा हटकेक बनिरहेको छ । मेक्सिकोको टेलेक्सकलास्थित एक कलेजमा स्नातकको परीक्षाका बेला विद्यार्थीहरूलाई चिट चोर्न तथा अरुको नक्कल गर्नबाट रोक्नका लागि विद्यालयका निर्देशकले अनौठो उपाय अपनाएका छन् । उनले सबै परीक्षार्थीको टाउको कार्डबोर्डको बाकसमा पहिराएर परीक्षा दिन लगाएका थिए, ताकि विद्यार्थीहरुले दायाँ–बायाँ देख्न नसकून् र आफ्नो उत्तरपुस्तिकामा मात्र हेर्न सकून् ।

कलेजको त्यस्तो काइदाप्रति सोसल मिडियामा मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले कलेजको काइदाको प्रशंसा गरेका छन् भने कतिपयले त्यो अमानवीय व्यवहार भएको भन्दै शिक्षा विभागका अधिकारीलाई निलम्बन गर्न र सम्बन्धित शिक्षक तथा निर्देशकलाई समेत बर्खास्त गर्न माग गरेका छन् ।

स्मरणरहोस् परीक्षामा विद्यार्थीलाई अरूको नक्कल गर्ने तथा चिट चोर्ने कार्यबाट रोक्नका लागि यस्ता चटपटे उपाय अपनाउने मेक्सिको पहिलो देश होइन । सन् २०१३ मा थाइल्याण्डमा परीक्षार्थीहरुलाई आँखाले दायाँ–बायाँ हेर्न नपाउने गरी कागजका हेलमेट पहिराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here