काठमाडौं / सुन तोलामा १४ सय रुपैयाँले घटेको छ । एक महिनादेखि सुनको भाउमा उतारचढाव भइरहेको छ।
बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
आज शुक्रबार सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।