दाङमा राष्ट्रिय पुनर्जागरण अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न

190

काठमाडौं । राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले दाङको तुल्सीपुरमा देशको वर्तमान परिस्थितिलाई केन्द्रबिन्दु बनाएर अन्तक्रिया कार्यक्रम गरेको छ। नेपालको संकट के हो ? संकटका कारणहरु के हुन् ? यसका लागि कसको के स्वार्थ छ ? प्रायोजित संकटको सामना र यसको समाधान के हो भन्ने विषयमा अभियानका कार्यकारी संयोजक भरत दाहालले विस्तृत रुपमा जानकारी गराउनु भएको थियो।

नेपाललाई संकटको चक्रब्युहमा फसाउनका लागि कांग्रेसको नेतृत्वमा सुरु गराईएको अर्थतन्त्र बिक्रि अभियान, मदन भण्डारीको हत्या, एमालेको एनजिओकरण, माओवादीको ब्यानरमा थोपरिएको युद्ध र राजा वीरेन्द्रको हत्याको षडयन्त्रको परिणामका रुपमा विदेशीहरुको योजनामा १२ बुँदे समझदारी गराईएको र सो समझदारीपछि नेपालको सार्वभौम अस्त्वि समाप्त पार्ने राजनीतिक खेल सुरु भएको तथ्यमा जोड दिंदै उहाँले दलहरुबाट अब देश पार लाग्न सक्ने संभावना समाप्त भैसकेकोले राष्ट्रलाई पहिलो बनाएर नयाँ ध्रुविकरण जरुरी भैसकेको आवश्यकतामाथि जोड दिनुभयो।

विशेषगरी, विदेशी षडयन्त्रमा हामीले गुमाएका आफ्ना मौलिकताहरुको पुनःस्थापनाको प्रश्न, देशको मौलिकता आवश्यकताका आधारमा आफ्नै दृष्टिकोण, मूल्यहरु र राज्य प्रणालीको विकास तथा विश्व ध्रुविकरणको एउटा रणनीतिक भूगोलका रुपमा नेपालमा सुरु भएको ईण्डोपश्चिमा हस्तक्षेपको सामनाको प्रश्न नै नेपालका मूलभूत सवालहरु रहेको कुरामा उहाँको जोड थियो। उहाँले यतिबेलाको ध्ूविकरणको प्रश्न राष्ट्रलाई धुरी बनाएर हुनु पर्ने र जुन जुन शक्तिहरु विदेशी हस्तक्षेपकारी र तिनले परिचालन गरेका दलालहरुका विरुद्धमा स्पष्ट भूमिका सहित मैदानमा उत्रन तयार हुन्छन्, ति सबैका बिचमा सहकार्य वा मोर्चाबन्दी हुनु पर्ने कुरामा उहाँको जोड थियो। कार्यक्रममा अभियानका महासचिव रामबहादुर थापा, कांग्रसको देशद्रोहबाट रुष्ट भएर देश रक्षाको अभियानमा लागेका पुराना नेताहरु हरी रजौरीया, लक्ष्मी आचार्य, पुराना वामपन्थी नेता धनराज वली र हरी शाहले देशमा आई परेको संकटलाई नेपाली जनताले एकजुट भएर सामना गर्नुपर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here