लिपुलेकमा चीनले गरेको गल्ती सच्याउन अनुरोध

340

काठमाडौं / नेपाल भ्रमणमा आएका चीनका विदेशमन्त्री वाङ यीलाई लिपुलेक प्रकरणमा चीनले गरेको गल्ती सच्याउन अनुरोध गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आग्रह गरेको छ ।

चीनका विदेशमन्त्री र नेपालका विदेश मन्त्रीबीच द्विपक्षीय हितका विषयमा औपचारिक वार्ता हुने विषयप्रति ध्यानाकर्षण गर्दै मोर्चाले आज विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमार्फत मोर्चाले सन् २०१५ को मे १५ को दिन बेजिङमा चीन र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तितर्फ दुवै देशका विदेशमन्त्रीहरूको ध्यान आकृष्ट गराएको छ । त्यसबेला जारी गरिएको विज्ञप्तीमा नेपालको लिपुलेकलाई चीन र भारतबीचको अन्तर्रा्ष्ट्रिय व्यापार नाका बनाउने उल्लेख गरी नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि अतिक्रमण र हस्तक्षेप गरेको र नेपालको सहमति र अनुमतिविना गरिएको त्यो निर्णयको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले घोर भर्त्सना गर्दै आएको मोर्चाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमार्फत मोर्चाले यही दुःखदायी घटनाको पृष्ठभूमिमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा चीनका विदेशमन्त्रीले लिपुलेक प्रकरणमा भएको गल्ती चीनका पक्षबाट सच्याउने सार्वजनिक वचनबद्धताका साथ गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छ ।

लिपुलेकमा नेपाल–चीन सिमाना छुट्ट्याउने स्तम्भ रहेको स्थान नेपाल, भारत र चीनबीचको त्रिदेशीय विन्दु हो भन्ने स्थापित हुनै नसक्ने अवस्थामा लिपुलेकमाथि चीन र भारतले अन्यथा निर्णय गर्नु घोर आपत्तिजनक कुरा भएको विज्ञप्तीमा उल्लेख छ।

विज्ञप्तीमा भनिएको छ –‘वास्तवमा नेपाल, चीन र भारतबीचको त्रिदेशीय विन्दु लिम्पियाधुरा हो भन्ने जान्दाजान्दै चीन र भारतले लिपुलेकको कुमारीत्व भङ्ग गर्ने चेष्टा गर्नु नेपाल र नेपालीका निम्ति सैह्य हुने कुरा होइन । तसर्थ मोर्चा नेपालका परराष्ट्रमन्त्रीलाई समेत आफ्ना समकक्षीसँगको वार्तामा यो विषयलाई पनि एजेन्डा बनाउन आग्रह गर्दछ ।’

विज्ञप्ती यस प्रकार छ :

Image may contain: text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here