ओली र मोदीले आ–आफ्नै निवासबाट उद्घाटन गरे पाइपलाइन

169

काठमाडौं / नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नै निवासबाट मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन्।

ओलीले बालुवाटारबाट र मोदीले नयाँदिल्लीबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन्। संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्वीच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रमका लागि अहिले दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका छन् । मोदीले स्वीच थिचेर डिजल ‘सेन्ड’ गरे भने ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गरे।

पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको जनाए । अमलेखगन्जमा इन्डियन आयल कर्पोरेसनका अधिकारीले पाइपलाइनबाट आएको तेल बोतलमा थापेर नेपाल आयल निगमका अधिकारीलाई हस्तान्तरण गरेका थिए । सो तेल भण्डारण गृहमा खन्याइएको थियो ।

यससँगै पाइपलाइनको माध्यमबाट भारतबाट आएको पेट्रोलियम पदार्थ अमलेखगञ्जस्थित डिपोमा भण्डारण हुन थालेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने प्रतिवद्धता दोहोर्‍याएका छन् । नेपाल भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनपछि भिडियो लिंकमार्फत सम्बोधन गरेका प्रधानमन्त्री मोदीले अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुशी व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै उनले छिट्टै आउने बचन पनि दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here