कम्युनिष्टको सरकार आएदेखि स्वतन्त्रतामाथि हस्तक्षेप मात्रै बढेको छ : देउवा

80

विराटनगर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एनसेल प्रकरणमा न्यायाधीशलाई महाअभियोग लगाउन नहुने जनाएका छन् ।

देउवाले एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन गर्न बाँकी नै रहेको जनाउँदै न्यायाधिशहरुलाई महाअभियोग लगाउने भन्दा पुनरावलोकनतर्फ जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान सरकारले संचारमाध्यमलाई अकुंश लगाउन खोजेको आरोप समेत लगाएका छन् ।

प्रेसमाथि अंकुश लाउने, न्यायालय र प्रशासनमा हस्तक्षेप गर्ने जस्ता गर्नै नहुने काम वर्तमान सरकारले गरिरहेको जनाउँदै सभापति देउवाले यसलाई नसच्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय जागरण अभियानको दोस्रो चरण उद्घाटन गर्न सुनसरी पुगेका देउवाले कम्युनिष्टको सरकार आएदेखि स्वतन्त्रतामाथि हस्तक्षेप मात्रै बढेको जनाउँदै देशमा कम्युनिष्ट शासन ल्याउने प्रयास भइरहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here