यसरी घरमै बनाउनुहोस् आफ्ना बालबालिकाका लागि पौष्टिक ‘लिटो’

701

 काठमाडौं / शिशु जन्मिएको ६ महिनापछि आमाको दुधबाहेक अन्य पौष्टिक तत्व भएका पोषिला ठोस आहार पनि खुवाउनु पर्छ । ६ महिनादेखि २ वर्षसम्मका बालबालिकाका लागि पोसिलो खाद्यपदार्थ लिटो वा जाउलो हो ।

बालबालिकालाई खुवाउने लिटो बनाउनका लागि सर्वोत्तम पिठो आवश्यक पर्छ । प्राय आमाहरुले आफ्ना बालबालिकाका लागि बजारमा पाइने सर्वोत्तम पिठो किनेर लिटो बनाउने गर्छन् । तर, बालबालिकाका लागि बजारमा पाइने सर्वोत्तम पिठो गुणस्तर नहुन पनि सक्छ । त्यसैले बालबालिकाका लागि घरमै सर्वोत्तम पिठो बनाउन सकिन्छ ।

यसरी घरमै बनाउनुस् सर्वोत्तम पिठो

– सर्वोत्तम पिठो बनाउन सबैभन्दा पहिला चामल, गहुँ, मकै, जौं आदि तयार गर्ने,

– सर्वोत्तम पिठो बनाउन तयार पारीएको अन्न तथा गेडागुडीलाई राम्रोसँग केलाउने,

– अन्न तथा गेडागुडीमा भएका किरा, ढुङ्गा, माटो हटाउने,

– अन्न तथा गेडागुडी केलाएपछि हाँडीमा राखेर छुट्टाछुट्टै भुट्ने,

– भुटेको गेडागुडी तथा अन्नलाई फेरि राम्रोसँग केलाउने,

– भुटेको गेडागुडीलाई राम्रोसँग पिँध्ने र बोक्रा फाल्ने, पुनः मसिनो बनाएर पिँध्ने,

– भुटेको अन्नलाई छुट्टै मसिनो गरेर पिँध्ने, आवश्यक भए मसिनो जालीमा राखेर छान्ने,

– छुट्टाछुट्टै भुटेर, पिँधेको पिठोलाई दुई भाग अन्नको पिठो र एक भाग गेडागुडीको पिठोलाई तौलेर सफा र सुख्खा भाँडोमा राम्रोसँग मिश्रण गर्ने,

– यसरी मिसाइउको सर्वोत्तम पिठो सफा एवम् सुख्खा बट्ठा, शिशी वा पोलिथिनमा हावा नछिर्ने गरी प्याक गर्ने,

– सर्वोत्तम पिठोलाई सफा उम्लेको तातोपानीमा राखी स्वाद अनुसार चिनी र घिउ राखेर एक छिन चलाएर नरम हुनेगरी फिटेर बाबालिकालाई खुवाउने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here