आजको राशिफल (२०७६ भदौ २७), ज्योतिष विज्ञानमा तपाईंको भाग्य

78

ज्योतिष निराकार न्यौपाने

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आलस्य गर्ने बानीले काम भने अधुरो रहनेछ । बुद्धिविवेकले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ । कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । अवसरका लागि दौडधुप गर्नुपर्ला। विवादास्पद जिम्मेवारी आइलाग्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले दिगो फाइदा दिलाउनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ । तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन् । गोपनीयताका लागि अलि चनाखो रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ । अध्ययनको नतिजा राम्रो आउने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावसेक खर्च बढ्नाले चिन्ता हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेकाले चनाखो रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ । धेरै मिहिनेतले मात्र चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार गर्न भने सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यक्तित्व र बोलीको प्रभाव कमजोर हुने हुँदा धेरैले बेवास्ता गर्न सक्छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अवसर धेरै आउने छन् तर हतार गर्नाले काममा बाधा पुर्याउन सक्छ । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। आश्वासन बाँड्नेहरूले झुक्याए पनि सहयोगीहरूले साथ दिनेछन् । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजा उत्साहजनक नहुन सक्छ । दैनिकी अलि व्यस्त रहनेछ तर गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ तर खर्च गर्नुपर्ने परिस्थिति आउनाले सञ्चय भने नहुन सक्छ। साँझतिर खर्च बढ्नाले कर्जास्वरूप रकम जुटाउनुपर्ला । अरूका विषयमा चासो लिँदा झमेलामा परिनेछ । आर्थिक उपलब्धि प्राप्त हुनेछ भने भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ । सामाजिक जिम्मेवारी पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । साँझतिर भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here