दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ देखि खुल्ने

277

काठमाडौं । दशैंका लागि असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा विहीबार बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त बैठकले आगामी असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

दशैं , तिहारका लागि हालको प्रचलित भाडादर अनुसार नै टिकट बुकिङ खुला गरिने निर्णय भएको जनाईएको छ। टिकट बुकिङ खुलाउनका लागि यसअघि व्ययवसायीहरुले भाडा बृद्धिको अत्तो थाप्दै आएका थिए । दशैं , तिहार पछि वैज्ञानिक भाडादर निर्धारण गरि लागु गर्ने सहमति भएको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । व्यवसायीहरुले सडक सुधार र सहजीकरणका लागि आग्रह गरेका छन् ।

चाडपर्वका बेला हुन सक्ने कालोबजारी रोक्न तथा यात्रुको सहजताका लागि विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने छ । त्यस्तै विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति गठन पनि हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here