गोली लागेर व्यापारी घाइते

270

काठमाडौं । सर्लाहीमा गोली लागेर एक जना व्यापारी घाइते भएका छन् । सर्लाही ईश्वरपुर नगरपालिका–११ का राजेश साह परिचय नखुलेका मानिसले हानेको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ । उनी शुक्रबार बेलुकी घरबाट बयलवास बजार जाँदै गर्दा गोली लागेको हो ।

अहिले उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भैरहेको छ । उनको पेटमा गोली लागेको प्रहरीले जनाएको छ । गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here