आधा घण्टाको नाराबाजी पश्चात प्रतिनिधिसभा पुनः स्थगित

30

काठमाडौं : गत बिहीबार भएको बाँकेको खजुरा घटनाको विषयलाई लिएर तनाव सिर्जना भएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् । सांसदहरुले आधा घण्टाभन्दा बढी बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुखले बैठक असोज १ गतेसम्मलाई बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक शुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दलकी सांसद पुष्पा भुसालले बाँके घटनामा संलग्न सुमन मल्लविरुद्ध प्रहरीले किटानी जाहेरी लिएको भन्दै कांग्रेस संसद सुचारू गर्न तयार रहेको बताएकी थिइन् । लगत्तै बाँकेबाट प्रतिनिधित्व गर्ने सत्तापक्षाका सांसद नन्दलाल रोकायाले खजुरा नगरपालिका–१ का वडाध्यक्ष मल्ल बेकसुर रहेको र कांग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नभएको भनेर बचाउ गरेपछि कांग्रेसले बेल घेराउ गरेको हो ।

वडाध्यक्ष सुमन मल्ल निर्दोष रहेको दाबी गर्दै उनले बाँके घटनालाई लिएर कांग्रेसले आन्दोलन गरे नेकपाले पनि आन्दोलन गर्ने चेतावनी दिएका थिए । नेकपाले वडाध्यक्षलाई मुद्दा लगाउने भन्ने कुरा कदापि पनि सहन नसक्ने बताएका छन् । यदि नेपाली कांग्रेसले आन्दोलनै गर्छ भने हामीले पनि आन्दोलन गर्छौं । आन्दोलन किन नगर्ने हामी सत्य कुरामात्रै स्वीकार्छौं । असत्य कुरा कुनै हालतले पनि स्वीकार्दैनौं,” उनले भने ।

संसदीय छानविन समिति बनाएर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषी पत्ता लगाउनुपर्ने उनको माग थियो । “समिति विनाको कारवाही मान्य हुँदैन । समिति गठन गरेर छानविन गर्नुपर्छ । छानविन गरिसकेपछि को कारवाहीमा पर्छ, दोषी को ठहर्छ त्यो काम गर्नुपर्ने,” सांसद रोकायाले भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here