बुटवल : पाल्पामा छाराको ह्दयघातबाट मृत्यु भएको पिडा सहन नसकेर बाबुले अमात्महत्या गरेका छन । त्रिभुवन बहुमुखी क्याम्पसका उप प्रध्यापक कृष्णप्रसाद तिमिल्सिनाको तीन दिनअघि ह्दयघातबाट मृत्यु भएपछि त्यसको पीडा सहन नसकेर उनका ६५ वर्षीय बाबु भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेका छन् ।
४० वर्षीय छोरा कृष्णको शनिबार मृत्यु भएको थियो । जिल्लाको रामपुर नगरपालिका वडा नम्वर १० हेक्लाङ्गा निवासी उप–प्रध्यापक तिमिल्सिनाको ह्रदयघात मृत्यु भएपछि विक्षिप्त बनेका उनका बाबुले आज बिहान घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए ।
उपप्रध्यापक तिमिल्सिना पाल्पाको नर्सिङ्ग कलेज, मिलेनियम कलेजमा समेत अध्यापन गराउँथे भने पाल्पाकै सुर्योदय टेलिभिजनका अध्यक्ष समेत रहेका थिए । तीन दिन भित्र बाबु छोराको मृत्यु भएपछि परिवार र आफन्तजन शोकमा डुबेका छन् ।