बाँके घटना : सत्तापक्ष र प्रतिपक्षी सांसदबीच तनाव

22

काठमाडौं : बाँकेको खजुरामा गत बिहबिार भएको घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा तनावपुर्ण अवस्था सिर्जना भएको छ । प्रतिपक्षी सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रतिनिधिसभाको बैठक शुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दलकी सांसद पुष्पा भुसालले बाँके घटनामा संलग्न सुमन मल्लविरुद्ध प्रहरीले किटानी जाहेरी लिएको भन्दै कांग्रेस संसद सुचारू गर्न तयार रहेको बताएकी थिइन् । लगत्तै बाँकेबाट प्रतिनिधित्व गर्ने सत्तापक्षाका सांसद नन्दलाल रोकायाले खजुरा नगरपालिका–१ का वडाध्यक्ष मल्ल बेकसुर रहेको र कांग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नभएको भनेर बचाउ गरेपछि कांग्रेसले बेल घेराउ गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here