राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित

18
बैठकमा सहभगी मन्त्रीगण तथा सदस्य sf7df8f}F, * ebf} -/f;;_ M राष्ट्रियसभाकाे अाईतबारकाे बैठकमा सहभगी मन्त्रीगण तथा सदस्य । t:jL/ M रत्न श्रेष्ठ

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले सो विधेयक बैठक समक्ष प्रस्तुत गरेका थिए ।

यसअघि उनले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सो विधेयकमाथि दफावार छलफल गरियोस् भनी राखेको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत समेत गरेको थियो ।

गृहमन्त्री थापाले विधेयकको संशोधन प्रस्तावमाथि सांसदले राखेको जिज्ञासा माथि जवाफ दिँदै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक व्यापक छलफल र परामर्श गरी ल्याइएको स्पष्ट पारे ।

उनले संशोधन प्रस्तावमाथिका केही बुँदालाई विधेयकले ग्रहण गर्ने जानकारीसमेत दिए । यसअघि सो विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद ठगेन्द्रप्रकाश पुरी र रामप्रीत पासवानले विधेयकलाई अझ समृद्ध बनाउन संशोधन आवश्यक रहेको बताए । चार बुँदामा १३ जना सांसदले सो विधेयकमाथि संशोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here