त्रिभुवन विमानस्थलका सबै उडान तथा अवतरण रोकियो

472

काठमाण्डौ : प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान तथा अवतरण दुवै प्रभावित बनेको छ । बिहानै देखिको बाक्लो हुस्सु र कुहिरो लागेका कारण भिजिविलिटी न्युन भएकाले विमान उडान अवतरण दुवै बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले हुस्सुका कारण तीन किलोमिटर मात्र भिजिबिलिटी भएकोले सबै उडान तथा अवतरण ठप्प पारिएको जानकारी दिएका छन् । सोही कारणले कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गर्नुपरेको पनि क्षेत्रीले जानकारी दिए । उता लुक्लाबाट काठमाडौं उडेका चार र अन्य ठाउँबाट अएका गरी सात वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएका छन् ।

मनाङ्ग एयर, सिम्रिक, कैलाश एयरका ४ वटा र अन्य थप ३ हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका छ । बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अबरुद्ध भएकाले सातै वटा हेलिकप्टर काभ्रेमा अवतरण गर्नु परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here