उपेन्द्र र बाबुरामले रोजे समाजवादी पार्टीको चुनाव चिन्ह ‘पञ्जा’

261

काठमाण्डौ : समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा हुने भएको छ । तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैले चुनावी चिन्ह पञ्जा रोजेको हो ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह नराख्ने सहमति भएको थियो । समाजवादीको मसाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो । नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको समाजवादीका एक नेताले जानकारी दिए ।

समाजवादी पार्टी पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको छ । आयोगले भने निर्णय गर्न बाँकी छ । यसअघि स्व । गजेन्द्र नारायण सिँहको नेपाल सद्भावना पार्टीको चुनाव चिन्ह पञ्जा छाप थियो भने विभिन्न किसिमको विवादबीच पछिल्लो समय सरिता गिरी नेतृत्वको सद्भावनाले पञ्जा छाप पाएको थियो । गिरि हाल समाजवादी पार्टीमै आवद्ध छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here