पुनर्जागरण अभियान नेपालले भोलि बुटवलमा कार्यक्रम गर्ने

284

काठमाडौं–राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले देशलाई विदेशी षडयन्त्रको चक्रब्युहमा आत्मसमर्पण गराउने षडयन्त्र अनुरुप राज्यपक्ष र दलहरुबाट गहिरो बनाईंदै लगिएको अराजकता, दण्डहिनता, स्वेच्छाचारीताु, भ्रष्टाचार र विभिन्न खालका अपराधहरुका पछाडि रहेका कारणहरु, अबान्छित शक्तिहरुका स्वार्थहरु र यसको उचित प्रतिरोध गर्नका लागि चाल्नु पर्ने कमदहरुका बारेमा देशब्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ। यसै क्रममा दाङको तुलसीपुर पछि लमही, सुनसरीको धरान हुदैं झापाको विर्तामोडमा कार्यक्रमहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन्।

देशको संकटलाई निरन्तर रुपमा जारी राख्नका लागि नेपाली जनतालाई एकाध एजेन्डाहरुमा घुमाएर यथास्थितिलाई बचाई राख्ने, विकासका झूठा सपनाहरु देखाएर अर्थतन्त्र विसर्जन गर्ने तथा कथित उपलब्धिहरुको कथा सुनाएर नेपाल र नेपाली नागरिकहरुका विरुद्धमा अघि बढाईएका षडयन्त्रलाई जोगाई राख्ने जुन प्रकारका षडयन्त्रहरु भैरहेका छन्, त्यसबाट सजग भएर मूल समस्यामा प्रवेश गर्न अभियानले जोड दिंदै आएको छ। नेपालको समस्या एजेण्डा नभएर देश निर्देशन गर्ने सिद्धान्त र राज्य सञ्चालन गर्ने मूल नीति भएको यसको निष्कर्ष छ।

देश आजको ठाउँमा आई पुग्नका लागि विदेशीहरुबाट आयात गरिएका दृष्टिकोण, विचार, मूल्य र अवधारणाहरु जिम्मेवार रहेको र सुगौली सन्धिको जग नै वर्तमान संकटको मूख्य श्रोत रहेको भन्दै अभियानले युगान्तकारी परिवर्तन र नेपालको मौलिकता एवं नेपाली समाजको आवश्यकता अनुरुपको राज्य प्रणालीको विकासमा जोड दिएको छ। यस दिशामा अघि बढ्न देशभक्तिपूर्ण सोचबाट उत्प्रेरित सबै शक्तिहरु एक ठाउँमा आउनु पर्ने र सबैलाई समेट्न दलीय पर्खाल तोडेर राष्ट्रिय विचारधाराको विकास गर्नु पर्ने भन्ने अभियानको धारणा रहेको छ। देशभरी भैरहेका कार्यक्रमहरुलाई संयोजक भरत दाहाल र महासचिव रामबहादुर थापाले संबोधन गरिरहनु भएको छ। भोलि असोज १ गते अपरान्ह १२ बजे रुपन्देही जिल्लाको बुटवल कालिकानगरस्थित एशिएन होटलमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here