पूर्वराजा ज्ञानेन्द्रले बुझेका देशभक्त कम्युनिष्टहरू !

166

– निमकान्त पाण्डे

 आफैले बिघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रले यो पंक्तिकारलाई भेट गर्न आमन्त्रण गरेपछि पहिलो पटक राजालाई भेट्ने अवसर जुरेको थियो । राजासँग भेटेर म राजतन्त्रवादी होइन भनेर भन्न सक्नु पनि ठूलै हिम्मत मान्नु पर्दछ । मैले पूर्वराजा ज्ञानेन्द्रसँग आफू राजाबादी नभएको जानकारी गराउँदा पूर्वराजा ज्ञानेन्द्रले आफू पनि विद्यार्थीकालमा कम्युनिष्ट भएको भनेर जानकारी गराउँदा आश्चर्य लागेको थियो । पूर्वराजा ज्ञानेन्द्रले आफू कम्युनिष्ट भएको भनिरहँदा विश्वास नलागे पनि केही खुल्दुली भने हुने नै भयो । मैले जिज्ञाशा राखें — सरकारले पनि कम्युनिष्ट पार्टीको सदस्यता लिएको हो ? पूर्वराजा ज्ञानेन्द्रले सदस्यता भने नलिएको जानकारी गराउँदै आफूले बुझेको कम्युनिष्ट जस्तै आचरण आफूमा विद्यार्थी कालमा रहेको दाबी गरे । मैले फेरी जिज्ञाशा राखें– कम्युनिष्टको आचरण कस्तो हुनुपर्छ जस्तो लाग्यो ? पूर्वराजा ज्ञानेन्द्रले बुझेको कम्युनिष्ट र मैले बुझेको कम्युनिष्टमा समानता पाएपछि मलाई कुरामा खुल्न अलि सहज भयो । मैले पूर्वराजा ज्ञानेन्द्रको बुझाईमा पाएको कम्युनिष्ट वास्तवमा म आफै हो र मैले मानेका सबै हुन् जस्तो लाग्यो ।

कम्युनिष्ट भन्नासाथ शोषण, दमन र थिचामिचोको विरोध गर्ने आचरण भएको व्यक्ति हो भन्ने बुझाइ पूर्वराजा ज्ञानेन्द्रको थियो । कम्युनिष्टहरू तुलनात्मक रूपमा अरु राजनीतिक व्यक्तिहरू भन्दा बढि राष्ट्रभक्त हुन्छन् भन्ने बुझाइ पनि उनको थियो । कम्युनिष्टहरू अध्ययनशील हुन्छन्, कम्युनिष्टहरू अन्यायको विरुद्धमा लड्छन् अर्थात अन्याय सहँदैनन् भन्ने बुझाई पनि पूर्वराजा ज्ञानेन्द्रको थियो । संवादकै क्रममा पूर्वराजाले म समक्ष व्यक्त गरेका भनाईहरू अरु कसैले सुनाएर सुनेको कथा जस्तो होइन ।

आज देशमा कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार बनेको छ । पूर्वराजा ज्ञानेन्द्रले बुझेकै जस्ता कम्युनिष्टहरू देशमा शासन सत्तामा पुगेका छन् । यस्तो शक्तिशाली सरकार पञ्चायतकालमा पनि बनेका थिएनन् । राणा शासनकालको जत्तिकै शक्ति भएको हालको कम्युनिष्ट पार्टीको सरकारले आफ्नो राजनीति आदर्श अनुरूपकै व्यवहार गर्ने हो भने पूर्वराजा ज्ञानेन्द्रको बुझाइको कम्युनिष्ट वास्तवमा जनताले पनि महशुस गर्न पाउने थिए ।

पूर्वराजा ज्ञानेन्द्रले किन प्रतिनिधिसभा पुनस्र्थापना गरे होलान् भन्ने जिज्ञाशा धेरैमा थियो । यो पंक्तिकारले पनि यो जिज्ञाशा पूर्वराजा ज्ञानेन्द्र समक्ष नै राखेको हो । यस्तो जिज्ञाशा राख्नु पनि त्यति सहज थिएन राजाको आचरण बुझाईको आधारमा । राजा समक्ष कुरा गर्दा राजाले गरेका कामहरूको आलोचना गर्न पाइदैन भन्ने सुनेको भए पनि त्यस्तो परिस्थिति आफूले महशुस गर्नु परेन । पूर्वराजा ज्ञानेन्द्रले मेरो प्रश्नको जवाफ निकै चित्त बुझ्ने गरी यसरी दिएका थिए — ‘प्रतिनिधिसभा पुनस्र्थापना गर्नुको पछाडी देशमा राष्ट्रभक्त राजनीतिक शक्तिको रूपमा कम्युनिष्टहरू बलियो भएको वर्तमान अवस्थामा राष्ट्रियतालाई कुनै अप्ठेरो नहुने मेरो निष्कर्ष हो ।’ मैले नेपाली कांग्रेस र नेकपा एमालेप्रति बुझाइबारे पनि जिज्ञासा राखें । पूर्वराजा ज्ञानेन्द्रले कांग्रेस र एमालेका नेताहरूले देशलाई कहाँ पु¥याइरहेका थिए भन्ने बारे सबैलाई जानकारी भएकै विषय रहेको कुरा म समक्ष राखेका थिए । राजनीति गर्ने आफ्नो कुनै चाहना नभए पनि बाध्यात्मक रूपमा राजनीति गर्नु परिरहेको उनको भनाई थियो । संसद पुनस्र्थापना गर्ने सवालमा विदेशी शक्तिको दबाव बारे पनि मैले जिज्ञासा राखेको थिए । पूर्वराजा ज्ञानेन्द्रले छिमेकी देशहरूको चासो स्वाभाविक रूपमा रहेको पनि स्वीकार गरेका थिए । तथापी अरुको दवाव भन्दा पनि दलहरूप्रतिको विश्वासका कारणले नै आफू राजनीति गर्ने काम राजनीतिक दलहरूकै भएको निश्कर्षमा पुगेको उनको जवाफ थियो ।

यसरी पूर्वराजा ज्ञानेन्द्रको बुझाइमा रहेका कम्युनिष्टहरू सत्तामा पुगेका बेला आज अर्को कम्युनिष्ट पार्टीका बिरुद्ध निषेधको राजनीति चलिरहेको छ । कम्युनिष्टहरू राजतन्त्र विरोधी हुनु स्वाभाविक हो । राजतन्त्रको विरोध भनेको केवल राजाको मात्र विरोध अवश्य होइन । राजा सामन्तवादका नायक हुन् भन्ने मान्यताका आधारमा राजतन्त्रको विरोध कम्युनिष्टहरूबाट हुँदै आएको हो । तर स्वयम् राजाले कम्युनिष्टहरू देशभक्त हुन्छन् भन्ने बुझेका र मानेका रहेछन् भन्ने कुरा पूर्वराजा ज्ञानेन्द्रको भनाइबाटै मलाई स्पष्ट भयो ।

राजनीतिक स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको पञ्चायती व्यवस्थाको अन्त्यका लागि कम्युनिष्ट र कांग्रेसहरूले हतियार पनि उठाएका हुन् । तर सबैभन्दा सशक्त हतियार बोकेको शक्ति तत्कालीन नेकपा माओवादीले भारतीय विस्तारवादका विरुद्ध सुरुङ्ग युद्धसमेत उद्घोष गरेको थियो । भारतका विरुद्ध यसरी युद्धकै घोषणा गर्नु कति स्वाभाविक थियो भन्नेतर्पm कसैको ध्यान पुगेन । यही सेरोफेरोमा बंगलादेशमा आयोजना भएको सार्कशिखर सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्रले भारतको दोहोरो भूमिकालाई संकेत गर्दै आलोचना गरेका थिए । योसँगै छिमेकी देश चीनलाई सार्कमा सहभागिताको निम्ति प्रस्ताव गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रमा पनि देशभक्ति थियो भन्ने एउटा ज्वलन्त उदाहरण यो नै रहेको छ । माओवादीले गरेको सुरुङ्ग युद्ध भन्दा कैयौं देशभक्ति भावनाको अभिव्यक्ति पूर्वराजा ज्ञानेन्द्रले दिएका रहेछन् भन्ने कुरा अव आएर पुष्टि भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्रलाई सत्ताच्यूत गराउने र माओवादीलाई सत्तामा पु¥याउने काममा भारतको भूमिका निर्णायक हुन पुगेबाटै स्पष्ट भएको छ । पूर्वराजा ज्ञानेन्द्रले बुझेका कम्युनिष्टहरू पनि देशभक्त देखिएनन् भन्न सकिने भएको छ । कम्युनिष्ट नेताहरूको बुद्धिको विर्को कहिले खुल्ला ? – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here