भारतबाट नेपाली आप्रवासीलाई समेत हटाउने भारतीय गृहमन्त्रीको घोषणा

126

काठमाडौं । भारतबाट नेपाली लगाएत अन्य मुलुकका आप्रवासीहरुलाई हटाउने भारतका गृहमन्त्री अमित शाहले घोषणा गरेका छन् । यो घोषणाले भारतमा बस्ने नेपाली र नेपाली भाषीहरु अब अप्ठेरोमा पर्न सक्ने सम्भावना देखिएको छ । मन्त्री साहले भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रममा समयको आवश्यकता भन्दै देशका सबै नागरिकले दर्ता हुनपर्ने जनाएका छन् । यस अघि आसाममा लागू गरिएको नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) अब मुलुकभर लागू गर्ने उनको भनाई छ ।

उक्त कार्यक्रममा उनले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ ? यसरी देश चल्दैन ।’

उनले अब भारतमा बस्न भारतीय नागरिक नै हुनुपर्ने जनाए छ । भारतीय बाहेक अरु गैरकानुनी रुपमा बस्न नमिल्ने उनको भनाई छ । चुनावी घोषणापत्रमा नै भाजपाले सो कुरा उल्लेख गरेकाले भएदेशभर एनआरसी लागू गर्ने प्रतिबद्धता जनाएको साहले स्मरण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here