नेपालमा जताततै समाजवाद तर कसका लागि ?

128

हुकुमबहादुर सिंह
नेपालमा अहिले जताततै समाजवादका कुरा छन् । तर ती समाजवाद आखिरमा कसका लागि भन्ने अन्योलता पनि जताततै व्याप्त छ । नेपालमा अहिले सत्तापक्ष समाजवादी, प्रतिपक्ष समाजवादी र संविधान नै पनि समाजवाद उन्मुख अर्थतन्त्र लेखिएको छ । यही समाजवादको नारालाई निर्वाचनमा बेचेर अहिले के.पी.ओली संघीय र प्रादेशिक संसदमा करीब दुई तिहाइ मतका साथ नेपालका सर्वशक्तिमान प्रधानमन्त्री भएका छन् । तर अहिले यो शब्द– ‘सर्वशक्तिमान’ जनताका लागि हा“सोको विषय बनेको छ । ओली सरकार इतिहासमै सबैभन्दा कमजोर सरकार देखिदै गएको छ । किनभने जताततै छाएको समाजवाद जनताले भने जताततै भ्रष्टाचार, कालोबजारी, दलाल र विचौलियाले आक्रान्त भएको देखिरहेका छन् । ओली सरकारले लगाउने गरेको घरघरमा सिंहदरवार भन्ने नारा जनताका लागि घरघरमा भ्रष्टाचार, कालोबजारी, दलाल र विचौलिया भएको छ । मानौ सरकार जे भन्दछ, त्यसको उल्टो गर्दछ । कम्युनिस्ट राज्यसत्ताको काम समाजवादको रक्षा गर्नु हो । तर वर्तमान राज्यसत्ताको काम नेपालमा भ्रष्टाचारी, कालोबजारी, दलाल र विचौलियाहरूको रक्षा गर्नु देखिएको छ ।

अनि अहिले सबैको मुखमा सजिलो प्रश्न छ –के यस्तो समाज भएको देश समाजवादी हुन सक्छ ?दलाल नोकरशाहा र सामन्तहरू सल्वलाएको समाज के समाजवादी समाज हुन सक्छ ?यहा“को व्यवस्था र पद्धति कति समाजवादी छ ? के समाजवाद एउटा सिद्धान्तमात्रै हो कि पद्धति पनि हो ? के यो एउटा प्रयोग मात्रै हो जसमा नेपाली जनतालाई प्रयोगशालाका खरायोजस्तै सम्झिएको छ सरकारले ?शिक्षा, स्वास्थ्य, रोजगारीआदि सबैमा दलाल र विचौलियाको हैकम अनि कसरी हुन्छ समाजवादी समाज । यो सरकार आफूलाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई मार्गनिर्देशक सिद्धान्त मानेको भन्छ र आफूलाई कम्युनिस्ट भनेर थाक्दैन । तर हेरौ त माक्र्सवादले के भन्छ ? र यो सरकारले के गरिरहेको छ ?

माक्र्स र एङगेल्सले तयार पारेको कम्युनिस्ट पार्टीको घोषणापत्रमा समाजवाद र साम्यवादी समाज विकास क्रमका स्थितिकावारेमा वर्णन गरिएको छ । जसमा यी दुई समाज व्यवस्था समाज विकास क्रमका एउटै स्थितिका दुई वेग्लावेग्लै चरणहरू हुन् भनिएको छ । कम्युनिस्ट पार्टीको घोषणापत्र माक्र्स र ए“गेल्सले लण्डनमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म भएको कम्युनिस्ट लिगको दोस्रो महाधिवेशनको निर्देशन अनुसार तयार पारिएको ऐतिहासिक दस्तावेज हो । कम्युनिस्ट पार्टीको घोषणापत्र पहिलो पल्ट जर्मन भाषामा निस्केको थियो । अहिले यो विश्वका सबै भाषामा उपलव्ध छ र नेपाली भाषामा पनि छ ।

माक्र्सवादले समाजको विकास समाजवादी बाटो हुँदै साम्यवादसम्म पुग्दछ भनी बताउँछ । समाजवादी सामाजिक आर्थिक प्रणाली अन्तर्गत उत्पादक शक्तिहरूलाई आफ्नो विकासको निम्ति पूर्ण स्वतन्त्रता प्राप्त हुन्छ । उत्पादनका सबै साधनहरू सामूहिक वा सामाजिक स्वामित्वमा रहन्छन् र त्यहाँ कुनै प्रकारको शोषण पनि हुँदैन । समाजवादले शोषणविहीन समाज स्थापना गर्ने लक्ष्य राख्दछ । समाजवादी उत्पादन प्रणालीको चरित्र योजनावद्ध हुन्छ । औद्योगीकरण र कृषि समाजवादको मुख्य आधार हुने भएकाले यी दुबै उत्पादन पक्षको नेतृत्व उत्पादक शक्तिहरूकै हातमा हुन्छ । राज्यसत्ताको काम समाजवादको रक्षा गर्नु हुन्छ । उत्पादक शक्तिहरूको पूर्ण विकासले समाजवाद अन्तर्गत विज्ञान तथा प्रविधिको अभूतपूर्व विकास हुन जान्छ । समाज यसवेला साम्यवादी चरणमा प्रवेश गर्दछ । यसले सामूहिक सम्पत्तिको पूर्ण विकास संभव तुल्याउँदछ । यसैलाई क्षमता वमोजिमको काम र आवश्यकता अनुसारको प्रतिफल उपलब्ध हुन्छ । साम्यवादमा संक्रमण हुने समयमा समाजपूर्ण अनुशासित हन्छ । साम्यवादी समाजमा समाजको निम्ति श्रम गरिन्छ र आवश्यकता अनुसारको मेहनतको प्रतिफल लिइन्छ । श्रम गर्नु स्वेच्छाको कार्य हुन्छ । यस चरणमा शारीरिक श्रम र मानसिक श्रमवीचको अन्तर हराएर जान्छ । समाज स्वयममा अनुशासित र योजनावद्ध हुन पुगेपछि राज्यसत्ताको पनि खाँचो पर्दैन । विस्तारै राज्यसत्ता वैलाएर जान्छ । समाज स्वयं परिचालित हुन थाल्दछ । साम्यवादमा पुगेर मानव समाजको विकासले पूर्णता प्राप्त गर्दछ ।

उल्लेखित माक्र्सवादी विश्लेषणलाई दराजमा थान्को लगाएर वर्तमान ओली सरकार भन्ने समाजवाद आखिरमा कस्का लागि हु“दो रहेछ र वास्तवमा नेपालमा अहिले कसको फाइदाका लागि यी सबै भइरहेको छ । नेपालमा अहिले सत्तापक्ष समाजवादी, प्रतिपक्ष समाजवादी र संविधान नै पनि समाजवादउन्मुख अर्थतन्त्र लेखिएको त सही मानेमा नेपालका उत्पीडित जाति, वर्ग, लिंग र अन्य अल्पसंख्यक जातिका लागि नभई दलाल तथा नोकरशाही वर्गका लागि रहेछ भन्ने स्पष्ट भएको छ । [email protected]

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here