हातमा पर्चा लिएर सवारीसाधानमा यात्रुहरुसंग पैसा माग्ने बालबालिका नियन्त्रणमा

302

काठमाडौं / काठमाडौंको राजधानीमा यत्रतत्र सडकहरुमा र सवारीसाधानमा यात्रुहरुसंग हातमा पर्चा लिएर पैसा माग्दै हिँड्ने बालबालिकालाई नेपाल प्रहरीको खोजतलास समन्वय केन्द्रले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका अधिकांश बालबालिका भारतीय मूलका छन् । जसमा एकै परिवारका दिदी–बहिनी र दिदी–भाइ रहेको पाइएको छ ।

बिहीबार सडकमा माग्दै हिँड्ने बालबालिकालाई नियन्त्रणमा लिन प्रहरीको टोली पुग्दा उनीहरुमा रुवाबासी चलेको थियो । प्रहरीले नियन्त्रणमा लिइएकाहरुले परिवार पाल्नका लागि माग्ने गरेको जनाएका थिए ।

नियन्त्रणमा लिइएकाहरुलाई सम्झाइ–बुझाइ परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ । सहरमा माग्नेहरुको संख्या कम गरी दुर्घटना न्यूनीकरणमा सघाउ र्पुयाउन भन्दै समन्वय केन्द्रले सडकमा माग्ने बालबालिकाकालाई नियन्त्रणमा लिने अभियान नै चलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here