८० वर्षअघि मृत्युभएका भिक्षुको शरीर जस्ताको तस्तै, वैज्ञानिक नै चकित

97

एजेन्सी । रुसका एक बौद्धमार्गी भिक्षुको ८० वर्षअघि मृत्यु भएको थियो तर उनको मृत शरीर अहिले पनि जस्ताको तस्ते भेटिएको छ । शव देख्दा उनको मृत्यु केही समय पहिले मात्र भएको जस्तो लाग्छ। जब वैज्ञानिकलाई यस विषयमा अनुसन्धानको लागि बोलाइयो । शवको अवस्था देखेर उनीहरु पनि चकित परे ।शवलाई चिहानबाट अहिलेसम्म ३ पटक निकालिएको छ ।

वैज्ञानिकका अनुसार शरीर देख्दा यसलाई निकै राम्रोसँग प्रिजर्भ गरेर राखिएको छ । तर, आश्चर्यको कुरा त के भने मृत शरीरलाई लामो समयसम्म सुरक्षित राख्नको लागि ममीफाइड गरिएकै थिएन । शवको छालादेखि कपाल र नङसमेत जीवित मानिसको जस्तै छन् ।

बौद्ध भिक्षु दाशी दोरजो इतिजेलोभको सन् १९२७ मा मृत्यु भएको थियो । मृत्युभन्दा अगाडि उनले आफ्ना अनुयायीहरुको लागि एउटा नोट लेखेर छाडेका थिए । यो नोटमा उनको शवलाई चिहानबाट निकाल्ने मिति लेखिएको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

भिक्षुले बनोटमा लेखेअनुसार २८ वर्षपछि सन् १९५५ मा उनको शरीर चिहानबाट निकालियो । आश्चर्यको कुरा यति लामो समयपछि पनि उनको शरीर जस्ताको तस्तै देखिन्थ्यो । त्यसपछि दोस्रोपटक सन् १९७३ मा र तेस्रोपटक सन् २००२ मा उनको शव चिहानबाट बाहिर निकालियो । हरेक पटक बाहिर निकाल्दा उनको शरीर जस्ताको तस्तै देखिएको थियो ।

यो चमत्कारिक शरीर बुरतियाको इभोल्गिन बौद्ध स्तुपमा राखिएको छ र यो बौद्ध भिक्षुहरुको लागि पवित्रताको प्रतीक बनेको छ । रुसको स्टेट युनिभर्सिटीका इतिहासका प्राध्यापक गलीना येरशोभाका अनुसार शवलाई गाडेको ७५ वर्षपछि निकाल्दा पनि छाला कपाल नङ जस्ताको तस्तै थियो ।

भिक्षुको शरीरका जोर्नीहरुमा लचक थियो । हात खुट्टाका तन्तुहरुमा पनि जीवित मानिसमा जस्तो लचिलोपन थियो । शरीरबाट कुनै दुर्गन्ध आउनुको साटो सुगन्ध आइरहेको थियो ।

सन् २००२ मा शरीरको परीक्षण गरेका वैज्ञानिकले आधिकारिक रिपोर्टमा लेखेका थिए–‘भिक्षेको शरीरको अवस्था मृत्यु भएको ३६ घण्टामात्र भएको जस्तो छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here