शक्तिशाली ताईफुले जापानमा जनजीवन अस्तव्यस्त

244

टोकियो / जापानको नागाशाकी, फुकुओका र हिरोसिमा क्षेत्रमा आईतबार जनजीवन ठप्प बनाउँदै अघि बढेको विनाशकारी ताईफु टपाहाले सोमबार बिहान क्योतोमा असर पार्ने भएको छ ।

जापानको मेटोरोलोजिकल एजेन्सीले जनाए अनुसार आईतबार मध्यरात ताईफु टपाहाले यामागुची देखी माचुए सम्मको क्षेत्रमा व्यापक असर पारिरहेको छ ।

हिरोसिमा क्षेत्रमा वितण्डा मच्चाउँदै सोमबार बिहान तोत्तोरी, क्योतो, गिफु लगायत क्षेत्रमा रेल सेवा ठप्प पादै जनजीवन समेत ठप्प प्राय बनाउने विनाशकारी ताईफुको समयमा घरबाहिर ननिक्लन सूचना जारी गरिएको छ ।

गिफु, फुकुई, कानाजावा, नागानो, निगाता, उचुनोमिया, यामागाता क्षेत्रसम्म सोमबार मध्यरातसम्म असर पार्ने शक्तिशाली ताईफुले राजधानी टोकियोलाई समेत असर पार्ने भएको छ ।

माथि उल्लेख गरिएका क्षेत्रमा सोमबार बिहानबाटै अधिकाशं रेलसेवा ठप्प हुने भएको छ ।

आईतबार मध्यरातबाट बुलेट रेलहरु बन्द भएका यि क्षेत्रमा सोमबार देखी मंगलबार बिहानसम्म सबैजसो रेलसेवा बन्द हुने सूचना स्थानिय रेल कम्पनीहरुले सूचना जारि गरेका छन् ।

आईतबार एकैदिन ५ सयबढी आन्तरिक हवाई उडान समेत अवरुद्ध भईसकेको यि क्षेत्रमा सोमबार पूर्ण रुपमा हवाई उडान समेत बन्द हुने भएका छन् ।

सोमबार बिहानदेखी मंगलबार बिहानसम्ममा राजधानी टोकियोमा रहेको नारिता र हानेदा अन्तर्राष्ट्रिय बिमानस्थलका उडानहरु समेत प्रभावित हुने भएका छन् ।

बिमानस्थल प्रशासनले यात्रुहरुलाई आफ्नो बिमान कम्पनीबाट उडान तालिकाबारे जानकारी लिन अनुरोध गरेको छ । साथै यात्रा अघि मौसमबारेको पूर्ण विवरण लिएर यात्रामा निल्कन भनिएको छ ।

राजधानी टोकियोको अधिकाशं क्षेत्रमा प्रतिघण्टा तीस किलोमिटरको गतिमा हावाहुरी सहित भारी बर्षा गराउने अनुमान मौसम एजेन्सीले गरेको छ ।

राजधानी टोकियो र यस आसपासको क्षेत्रमा पूर्व सूचना जारी भएर कुनैपनि रेल सेवा सहित सडक क्षेत्र बन्द भएको नभएपनि सोमबार बिहानबाट मंगलबार बिहानसम्म सबैजसो क्षेत्रमा यातायातका साधन आगागमनमा असर पार्ने ठानिएको छ ।

मुसलधारे बर्षासँगै हावा समेत चल्ने हुनाले सोमबार बिहानबाट मंगलबारसम्म टोकियो र आसपासको क्षेत्रमा नियमीत समयभन्दा केही ढिलो गरि रेलसेवा सञ्चालन हुनुका साथै हवाई उडान समेत अवरुद्ध हुनसक्ने मौसम अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here