मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको छ : उद्योगमन्त्री मातृका यादव

774

काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको  जनाउँदै मुलुकमा युवा उद्यमीहरु बढदै गएकोमा खुसी व्यक्त गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी मन्त्री यादवले सरकारले स्वदेशी उत्पादन र त्यसको बजारीकरणका लागि अन्तराष्ट्रिय मेलाहरुमा नेपाली बस्तुहरुको सहभागिता बढाउन सक्दो पहल गर्ने सरकारको नीति रहेको पनि स्मरण गराउँदै युवा उद्यमीमार्फत् स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले आवश्यक वातावरण बनाई दिने प्रतिवद्धता पनि जनाए।

मुलुकमा उद्योग विकासका लागि आवश्यक सबै खालको सहजीकरण गरेर अघि बढन सरकार तयार रहेको पनि मन्त्री यादवले जनाए।

मन्त्री यादवले मुलुकमा भईरहेको औद्योगिक मेलाहरुले पनि उद्यम विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको पनि स्पष्ट पारेका छन्। सरकारले स्वदेशी बस्तुको उत्पादनलाई जोड दिइरहेको पनि मन्त्री यादवको दाबी थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here