क्यान महासंघ काभ्रेको दुई बर्षे रणनीतिक योजना तर्जुमा

11

बनेपा / कम्प्युटर एशोसियसन नेपाल महासंघ काभ्रेले दुई बर्षको अवधिमा गर्ने कार्यक्रमहरु निर्धारण गर्नका लागि रणनीतिक योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ । क्यान महासंघका केन्द्र्रीय सहकोषाध्यक्ष शेखरनाथ दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्यान महासंघ प्रदेश नं. ३ का नवनिर्वाचित अध्यक्ष मनोजकुमार न्यौपानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा क्यान महासंघ काभ्रेका पूर्व अध्यक्ष निरञ्जन मानन्धर, नवराज भूर्तेल, कैलाश पलाञ्चोके, जयराम हुमागाई, पूर्व पदाधिकारीहरु, कार्यसमितिका पदाधिकारी र सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

रणनीतिक योजना तर्जुमा कार्यशालाबाट सदस्यतासम्बन्धी, सामाजिक सचेतना सम्बन्धी, व्यवसाय प्रबद्र्धन सम्बन्धी, विद्यार्थी केन्द्रीत, सम्पर्क र समन्वय, नियमित कार्यक्रम लगायतका शीर्षकमा विभिन्न कार्यक्रम निर्धारण गरेको छ । स्थानीय निकायहरुसँगको समन्वयबाट डिजिटल काभ्रे निर्माणमा सहयोग गर्ने, बुलेटिन प्रकाशन, टेकटक, च्यारिटी सो, हाजिरीजवाफ प्रतियोगिता, सदस्यहरुको हित, वर्ड प्रेस काभ्रे, कम्प्युटर तालीम, इ–गभर्नेन्स, आइसिटी इन एग्रीकल्चर, स्मार्टपालिका, साइबर सेक्युरिटी लगायतका कार्यक्रमहरु निर्धारण गरेको छ । गोष्ठीबाट जिल्लाका विभिन्न स्थानीय निकायका लागि सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कार्यहरुको समन्वय र सहकार्य गर्न महासंघको तर्फबाट संयोजक तोकिएको छ ।

धुलिखेल नगरपालिकामा श्रवण आचार्य, पनौती नगरपालिकामा विनोद सापकोटा, पाँचखाल नगरपालिकामा निरञ्जन अधिकारी, बनेपा नगरपालिकामा सरोज आचार्य, नमोबुद्ध नगरपालिकमा दिपेन्द्र पौडेल, मण्डनदेउपुर नगरपालिकामा राजकुमार तिमल्सिना, महाभारत गाउपालिकामा ज्ञानेन्द्र दाहाल, रोशी गाउँपालिकामा दिपक सापकोटा, भुम्लु गाउँपालिकामा रुकेश राजभण्डारी, वेथानचोक गाउँपालिकामा आनन्द दाहाल, खानीखोला गाउँपालिकामा ऋषिराम गौतम, तेमाल गाउँपालिकामा त्रिलोचन चौलागाई र चौरी देउराली गाउँपालिकामा रिता श्रेष्ठ संयोजक चयन भएका छन् । क्यान महासंघ काभ्रेका अध्यक्ष विकास पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव देवकी आचार्यले गरेका थिए । काभ्रेले आयोजना गर्ने हरेक कार्यक्रममा केन्द्रीय समिति र प्रदेश समितिबाट समन्वय र पूर्ण सहकार्य गरिने केन्द्रीय सहकोषाध्यक्ष शेखरनाथ दुलाल र प्रदेश अध्यक्ष मनोजकुमार न्यौपानेले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here