एसियन शारीरिक महासंघको उपाध्यक्षमा राजेश बाबु मनोनित

231

काठमाडौं / नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्याक्षमा मनोनित हुनुभएको छ । इन्डोनेशियाको बाताममा सम्पन्न एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको सम्पन्न बैठकले उहाँलाई उपाध्यक्षमा दोस्रो पटक मनोनित गरेको हो । श्रेष्ठ यसअघि उक्त संस्थाका उपाध्यक्ष हुनुहुन्थ्यो ।

सो बैठकले ५५ औं शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फिटनेस प्रतियोगिता आयोजनाको लागि नेपालले गरेको प्रस्ताव अनुमोदन गरेको जनाइएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेश संघले ५४ औं संस्करणका लागि माल्दिभ्सले आयोजनाको तयारी गरिसकेकाले नेपाललाई ५५ औं शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फिटनेश आयोजना गर्नका लागि बैठकले अनुमोदन गरेको विज्ञप्तीमार्फत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here