प्रहरीमा दरबन्दी थप

51

काठमाडौं- सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ। मन्त्री परिषद् बैंठकले दरबन्दी थप गर्ने निर्णय गरेको हो।

सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने निर्णय गरेको छ। उक्त दरबन्दी दुई चरणमा थप गर्ने निर्णय भएको छ।

प्राविधिकसहित ४ प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्षक, ८६ प्रहरी नायब निरीक्षक, २ सय ९७ प्रहरी सहायक निरीक्षक, ६ सय ८३ प्रहरी हबल्दार, २ हजार २ सय १६ प्रहरी जवान र २ सय ३९ प्रहरी कार्यालय सहयोगी थपिने भएका छन्।

प्रशासनतर्फ दुई एसएसपीको दरबन्दी थपिएपछि रिक्त एसएसपीको पद ४ पुगेको छ। एसएसपी विश्वराज पोखरेलको डीआईजीमा बढुवा भएपछि रिक्त एक र एसएसपी शरदकुमार खत्रीले अवकाश पाएपछि रिक्त एकसमेत गरी चार पद खाली हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here