यात्रुबाहक बस खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु

36

रोल्पा / पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ रुईनिबाङमा यात्रुबाहक बस सडकबाट करिब दुई सय मिटर तल लुङग्री खोलामा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको हो।

रोल्पा प्रहरीका अनुसार लुङग्री ३ जुतुङखोला घर भएका चालक २५ यामबहादुर घर्ती मगर र लुङग्री २ सिर्पका १८ बर्षिय सुर्यलाल जिएमको मृत्यु भएको हो।

सोमबार दिउँसो रोल्पाको सिर्प जाने तयारीका लागि ग १ ख ५५३७ आर्शिवाद यातायात प्रालिको उक्त गाडी बसपार्कमा लैजानका लागि फर्काउन जाँदै गर्दा दुर्घटनाग्रस्त भएको प्रहरीले बताएको छ। गाडी खोलामा खसेपछि स्थानीय र प्रहरीको सहयोगमा शव बाहिर निकालिएको थियो।

खोलामा पानीको बहाब उच्च रहेकाले उद्दारमा कठिनाई भइरहेको छ। बस फर्काउन जानेक्रममा बसभित्र तीन जना मानिस रहेको अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here