श्रृंखलाबद्ध आक्रमणको प्रयासको निन्दा

293

 काठमाडौं / पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताबाट बिपक्षी पार्टीका नेताहरुमाथी भएको श्रृंखलाबद्ध सांघातिक आक्रमणको प्रयासप्रति मानव अधिकार तथा शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।

२०७६ असोज १२ गते तनहुँ जिल्लाको ऋषिङमा एक कार्यक्रममा जाने क्रममा पूर्वमन्त्री तथा नेपाली कांगेसका केन्द्रिय सदस्य डा। मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताबाट भएको सांघातिक आक्रमणको प्रयासको शान्ति समाज निन्दा गरेको छ ।

फरक विचार राख्ने राजनीतिक दल र व्यक्तिहरुप्रति सत्तारुढ दलका कार्यकर्ताहरुबाट भएको निरन्तर असहिष्णु चरित्रले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ जुन संविधान प्रदत्त नागरिक अधिकार र आधारभूत स्वतन्त्रता माथिको प्रहार पनि हो । डा. मिनेन्द्र रिजालद्वारा शिलन्यास हुने भनिएको कार्यक्रम बिथोल्ने उदेश्यले ठाउँ ठाउँमा अवरोध खडा गर्दै सांघातिक आक्रमणको जुन प्रयास नेकपाका कार्यकर्ताबाट भएको छ, यसले सत्तारुढ दलभित्र मौलाएको सर्बसत्ताबाद चरित्रको पर्दाफास गरेको छ ।

निरन्तर भैरहेका यस प्रकारका आक्रमणले समाजमा भयको बातावरण सिर्जना भएको तर्फ शान्ति समाजको गम्भिर ध्यानाकर्षण भएको छ । अत : यस घटनामा संलग्न दोषीहरुमाथि कानुन सम्मत कारबाही गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here