दशैं तिहारमा सरकारी स्वास्थ्य सेवा सुचारु राख्न सरकारको निर्देशन

61

काठमाडौं– नेपालीको महान पर्व दशैं तिहारमा सरकारी स्वास्थ्य सेवा सुचारु गर्न सरकारले निर्देशन दिएको छ। संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदामापनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई परिपत्र जारी गरेको हो।

मन्त्रालयले स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा यथावत् राख्न ११ बुँदे सुचना जारी गरेको हो।

जसअनुसार मन्त्रालयले अस्पताल विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सैघण्टा सञ्चालनको व्यवस्था मिलाउने, राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने रहेका छन्।

त्यस्तै दशैंमा सेवा प्रभावित नहुनेगरी स्वास्थ्यकर्मीको बिदाको व्यवस्थापन गर्ने, हाल भइरहेको डेङ्गु महामारीका रोकथाम तथा उपचार सेवा प्रभावित हुन नदिन विशेष व्यवस्था  मिलाउने रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here