५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस सम्पन्न

172

काठमाडौं / भारतीय राजदूतावासले ५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस (आइटेक) सोमबार काठ्माडौंको मेरियट होटलमा मनाएको छ ।

उक्त समारोहमा नेपालका माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो ।

नेपालका लागि भारतका राजदूत मंजीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी एवम् अन्य कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमा प्रशिक्षण दिन उक्त आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको जनाउनुभयो । यस कार्यक्रमले सीप अभिवृद्धि तथा मानव संसाधन विकासमा उल्लेख्य योगदान पु¥याएको छ । सो समारोहमा आइटेकका करिब १५० भूतपूर्व विद्यार्थीहरुको उपस्थिति थियो । नेपाल लगायत १६१ विकासशील मित्र राष्ट्रहरुसँग भारतको विकासमूलक अनुभव बाँड्न भारत सरकारको पूर्ण सहयोगमा ‘आइटेक कार्यक्रम’ सञ्चालित छ ।

सो समारोहमा मन्त्रालय तथा विभागका सचिव लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा विभागले आफ्ना कर्मचारीहरुको मानव संसाधन विकासका लागि आइटेकका विभिन्न कोर्षहरुको उपयोग गर्दै आएको छ । तालिम कोर्षमा कम्प्युटर, इन्जिनियरिङ्ग, सूचना प्रविधि, पत्रकारिता, बैंकिङ्ग, कानून निर्माण, उर्जा, रिमोट सेन्सिङ्, जनशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, कानून प्रर्वतन, व्यवसाय योजना तथा प्रवर्धन, लेखा र वाणिज्य आदि जस्ता विषयहरु समावेश गरिएको छ ।

नेपाल सरकार अन्तर्गतका संस्थाहरुको आवश्यकता अनुरुप निमार्ण गरिएको विशेष आइटेक कोर्षबाट ती संस्थाहरु लाभान्वित भएका छन् । उदाहरणका लागि यसै वर्ष अर्थ मन्त्रालयका ६२ कर्मचारीले नयाँ दिल्ली स्थित Institute of Government Accounts and Finance (INGAF) मा Public Finance Management विषयको तालिम लिए । त्यसै गरी २०१९ मार्चमा भारतको फरिदावादस्थित National Academy of Customs, Indirect taxes and Narcotics (NACIN) मा नेपाल राजस्व अनुसन्धान विभागका दुई ब्याचका ५० कर्मचारीहरुलाई ‘अनुसन्धान तथा राजस्व चुहावट नियन्त्रण’ सम्बन्धी विशेष आइटेक कोर्ष प्रदान गरियो । यसै गरी ६० नेपाली अधिकारीहरुले National Academy of Customs, Indirect taxes and Narcotics (NACIN) मा ‘सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ बारे प्रशिक्षण लिइरहेका छन् । यसका साथै कूल ३४ नेपाली जलस्रोत विज्ञहरुले रुड्की स्थित प्रतिष्ठित IIT मा सिंचाइ तथा जल व्यवस्थापन, जलविज्ञान, वैकल्पिक उर्जा र जलस्रोत विकास जस्ता प्राविधिक क्षेत्रहरुमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन् ।

उक्त समारोहमा भारतीय राजदूतावास स्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले आकर्षक साँस्कृतिक प्रस्तुति प्रस्तुत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here