अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सी विचार

204

-हुकुमबहादुर सिंह

अहिले चीनमा वर्तमान चिनियाँ नेतृत्वले चिनियाँ कम्युनिस्ट पार्टीको नीतिलाई यसरी सुत्रबद्ध गरेको छ—माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधारा–देङ सियाओ पिङग सिद्धान्त–सी जिनपिंग विचार । जसको प्रभावकारी कार्यान्वयनका लागि चीनको नेसनल पिपुल्स कंग्रेसको वार्षिक बैठकले सन् १९९० को दशकदेखि एक व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने जस्तो सिमित कार्यकालको प्रावधान हटाउने प्रस्ताव गरेको थियो र त्यसलाई चीनको नेसनल पिपुल्स कंग्रेसका दुई सदस्यवाहेक सबैले समर्थन गरेर पारित गरेका थिए । यसरी अध्यक्ष माओपछि चीनमा सी नै त्यस्तो कम्युनिष्ट नेता बनेका छन्, जो आफ्नो जीवनभर चीनको राष्ट्रपति र पार्टीको प्रमुख बन्ने छन् । सीको विचारलाई नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादको नाम दिइएको छ । यसका लागि उनले पार्टीभित्रका साना ठूला सबै भ्रष्ट नेताहरूलाई कारवाहीको दायरामा ल्याएका छन् । उनले यो स्पस्ट पारेका छन् कि जो पैसा कमाउन चाहन्छ उ कम्युनिष्ट पार्टीमा नआवोस । सी प्राय आफ्ना नागरिकलाई चिनीयाँ मूल्य र मान्यतालाई नविर्सन आग्रह गर्दछन् । उनी भन्छन्—“हामी अरुको नक्कल गर्न थाल्यौ भने आफ्नै पहिचान गुमाउने छौ ।” यसैलाई नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादको नाम दिइएको हो कि जस्तो पनि लाग्छ ।

माथि उल्लेखित सुत्रवद्ध नीतिलाई चिनीया“ कम्युनिस्ट पार्टीले चीनमा माक्र्सवादको सम्मान गर्दै अध्यक्ष माओको नेतृत्वको कम्युनिष्ट क्रान्तिप्रति आदरका साथ शिर झुकाउने र चीनमा देङ सियाओ पिङगको ‘कालो विरोलो र सेतो विरालो’ को बहसलाई चीनको विशेषतामा आधारित समाजवादी अर्थतन्त्रको उन्नतिको लागि प्रयोग गर्दै चीनलाई आजको एउटा सम्मुन्नत राष्ट्रको स्तरमा उभ्याउन चिनीया“ नेतृत्व अहिले सफल भएको दावी गरिरहेको छ । माओको विचार, सिद्धान्त र मार्गदर्शनलाई आफ्नो नीतिलाई सुत्रवद्ध गर्नका लागि उपयोग त गरेको छ तर यसलाई चीनबाट निमिटयान्न पार्ने प्रक्रियामा अहिले नेतृत्व देखिन्छ । देङ सियाओ पिङगको ‘कालो विरोलो र सेतो विरालो’ को बहसलाई वर्तमान चिनीया“ नेतृत्वले व्यवहारमा बलियो गरी पक्डेर त्यसलाई भविश्यमा सी जिनपिंग विचारमा विकसित गर्दै त्यसद्धारा माओत्सेतुङ विचारधारा–देङ सियाओ पिङग सिद्धान्त दुवैलाई विस्थापित गर्ने सम्भावना देखिएको छ । चीनमा देङ सियाओ पिङगको ‘कालो विरोलो र सेतो विरालोमा खासै फरक छैन् यदि ती दुबैले मुसा मार्ने काम प्रभावकारी तरिकाले गर्दछन् भने’ भन्ने भनाइलाई चीनको आर्थिक फड्कोमा प्रमाणित गरेर देखाएपछि त्यो क्रमसः देङ सियाओ पिङग सिद्धान्त–सी जिनपिंग विचारका रूपमा फडको मार्न सम्भव छ भनिएको छ । तर अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा बलियो गरी एउटा सर्वव्यापी  सिद्धान्तका रूपमा स्थापित भएको माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधारालाई तत्काल चिनियाँ  जनताको दिल, दिमागबाट हटाउन भने सी जिनपिंगलाई त्यति सजिलो छैन् । माक्र्सवाद–लेनिनवादसित माओत्सेतुङ विचारधारालाई हटाएको देख्न आम चिनीयाँ जनता पनि चाहादैनन् ।

तै पनि सी वर्तमान चीनमा माओ पछिका शक्तिशाली नेता मात्रै बनेका छैनन्, माओजस्तै विश्व हांक्ने नेता बन्न खोजेका छन् भन्ने स्पष्ट देखिन्छ, त्यसका लागि उनले प्रयोग गरेको डुंगा–२०१३देखि उनकै नेतृत्वमा अगाडि बढेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ(बिआरआइ)’ हो ।

विश्वका क्रान्तिकारी कम्युनिस्टहरू–जसले आफूलाई माक्र्सवादी–लेनीनवादी–माओवादी भन्दछन, उनीहरूको दृष्टिमा चीन अब एउटा कम्युनिस्ट देश नभई एउटा पु‘जीवादी देश बनेको छ । तै पनि चिनीया“ नेतृत्व अझै आफूलाई “चीनको विशेषतामा समाजवाद” भन्ने गर्दछ । यहि दर्शनमा अहिले चिनीया“ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनीया“ जनता हिंडिरहेका छन् । विकास, उन्नती र प्रगति यसको मूल लक्ष्य रहेको छ । “जे जसरी हुन्छ, पैसा कमाउ” र देशलाई जति सक्दो घेरै कर तिर, जसबाट चीनका अन्य गरिबका लागि विकास गर्न सकियोस भन्ने मार्गतर्फ चिनीया“हरू र चीन सरकार लागेको छ । व्यापार उनीहरूको मूल पक्ष हो । धनीहरूबाट लिएर गरीबलाई बा“डने–२१औ शताब्दीका काल्पनिक समाजवादी जस्ता ।
तर के स्पष्ट हो भने चिनीया“ कम्युनिस्ट पार्टी चीन र चिनीया“ जनताको पक्षमा सोच्दछ, बोल्दछ र काम गर्दछ । सी विचारधाराको एउटा महत्वपूर्ण पक्ष हो– उनले चीनका कम्युनिस्ट नेता तथा कार्यकर्तालाई भनेको –“यदि पैसा कमाउन छ भने कम्युनिस्ट पार्टीको सदस्य नबन, व्यापार, व्यावसाय गर ।” यो भनाइमा सीको आफ्नो देश चीनलाई भ्रष्टाचार मुक्त चिनीया“ समाजको परिकल्पना देखिन्छ ।

सी र चीनया“ जनता राष्ट्रवादी छन्, राष्ट्रको हितमा सोच्दछन, बोल्छन र गर्दछन् भन्ने आम विश्वलाई थाहा छ र स्वयम सी र चीनया“ कम्युनिस्ट पार्टीका नेताहरूलाई पनि स्पष्ट छ । सी विचारबाट विश्वका कम्युनिस्ट नेतृत्व र कार्यकर्ताले सिक्ने भनेको –“यदि पैसा कमाउन छ भने कम्युनिस्ट पार्टीको सदस्य नबन, व्यापार, व्यावसाय गर ।” भन्ने नै हो ।
चिनीया“ कम्युनिस्ट पार्टी जसको वर्तमान नेतृत्व सीले गरिरहेका छन् र चीनीया“ विशेषतासहीतको समाजवाद चीनमा लागु भइरहेको भनिरहेका छन् । तर विश्वका विद्यान माक्र्सवादी अर्थशास्त्रीहरू आफ्नो लेखहरूमा चीनको अर्थतन्त्रवारे यसरी भन्दै छन् –‘त्यो चीनीया“ विशेषतासहीतको समाजवाद नभई चीनीया“ विशेषतासहीतको नवउदारवाद हो ।’ माओको मृत्युपछि विश्वका माक्र्सवादीहरूले चीनले लिएको मार्गवारे प्रशस्त शंका उठाइरहेका छन् । कम्युनिस्टहरू नवउदारवादका विरोधी र समाजवादका पक्षपाति हुन्छन् तर चीनको वर्तमान नेतृत्व ट्रम्पले छाडदै गएको विश्वबाट असफल बन्दै गएको नवउदारवादलाई काखी च्यापेर त्यसलाई बचाएर निरन्तरता दिने अभियानमा लागेको पाइन्छ । जो अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनका लागि एउटा दुःखद पक्ष हो ।
सन २०१८को नोभेम्वरमा नोम चोमस्कीलगायत तीन दर्जन ख्यातीप्राप्त माक्र्सवादी विद्यानहरूले चीनमा आयोजना हुने माक्र्सवादवारेका सम्मेलनमा सहभागी नहुने सार्वजनिक घोषणा गरेका थिए । यसो गर्नुको कारण के थियो भने दक्षिण चीनको सेनझेनमा ज्यासिक टेक्नोलजी कम्पनीका कामदारहरूले गठन गर्न खोजेको मजदुरहरू संगठनको समर्थनमा उत्रेका विश्वविद्यालयका विद्यार्थीहरूलाई चीन सरकारले गरेको धरपकडको विरोधमा उनीहरूले त्यस्तो घोषणा गरेका थिए । बीस जनाभन्दा बढी विद्यार्थी र मजदुरलाई तत्कालिन चीन सरकारले पक्राउ गरेको खवर सार्बजनिक भएकाले चिनीया“ सरकारको विरोधमा उनीहरूले एउटा विज्ञप्ति प्रकाशित गरेका थिए । विरोधको कारण खुलाउदै चोमस्कीले लेखे– सरकारी सहयोगमा आयोजना गरिने कुनै पनि कार्यक्रममा सहभागी भइरहनु चिनीया“ सरकारको खेलमा आफूसमेत संलग्न हुनु हो । संसारभरका वामपन्थी प्राज्ञिकहरूले त्यस्ता कार्यक्रम बहिष्कार गरिनु पर्छ । मजदुर युनियनको कुरै छोडौ , तिनलाई समर्थन गर्ने विद्यार्थी समेत नसहने चीनको वर्तमान नेतृत्वले हिडन खोजेको समाजवादबारे गहिरो छलफल चलाउनु आवश्यक छ कि छैन भन्ने उनीहरूको तर्क छ ।
विश्वभरका क्रान्तिकारीहरूले सन् १९७०को दशकको अन्त्यदेखि नै माओको मृत्यपछि चीनमा प्रतिक्रान्ति भयो र त्यहा“ समाजवाद हो्इन पु“जीवादको पुनस्र्थापना गरिएको मात्रै छैन, त्यो प्रक्रियालाई तीब्र बनाइएको छ । चिनीया“ कम्युनिस्ट अहिले सर्वहारावर्गको नेतृत्वमा होइन, दलाल पु“जीपति वर्गको नेतृत्वमा छ । त्यसकारण विश्वका क्रान्तिकारीहरूले अहिले विश्वमा क्रान्तिकारी कम्युनिस्टहरूको लागि नया“ केनद्र निर्माण अभियानमा लागेका विश्वभरका माओवादी क्रान्तिकारीहरूले चीन अब सामाजिक साम्राज्य फेरिएको सत्यतत्थ्यको निष्कर्ष निकालेका थिए । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here