सपिङ लिस्ट बनाएर चिनियाँ राष्ट्रपतिसँग कुरा हुँदैन : प्रधानमन्त्री ओली

108

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चीनसँग मित्रता अभिवृद्धिमा जोड दिने जनाउँदै यसमा लाभहानिको हिसाबकिताब नहुने दाबी गरेका छन् ।

नेपालको औपचारिक भ्रमण गर्ने चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन आफूले प्रयास गर्ने उनको भनाइ छ ।

‘उच्चस्तरीय भेटघाटमा लाभहानिको हिसाबकिताब हुन्न । मैले मित्रतालाई जोड दिनेछु । मित्रता भए दुवै पक्षलाई लाभै लाभ हुन्छ’, प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहीबार केही पत्रकारसँग उनले भने, ‘दुई देशबीचको भेटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन् । भेटपछि प्रतिफल प्राप्त होला तर सपिङ लिस्ट बनाएर कुरा हुँदैन । मित्रताको मूल्य नै सर्वाधिक हुन्छ ।’

प्रधानमन्त्री ओलीले दुई देशबीच मित्रता अभिवृद्धि भएपछि चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जनाउँदै यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास व्यक्त गरे । ‘महामहिम राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण एकदम सफल हुन्छ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here