चेक साटेपछि बालक सम्पर्कविहिन

182

धनगढी / व्यावसायिक प्रयोजनको लागि बैंकमा चेक साट्न गएका एक बालक सम्पर्कविहिन भएकाे छ ।

कैलालीको कैलारी गाउँपालिका–४ भित्तरिया स्थायी घर रही हाल धनगढी उपमहानगरपालिका–७ मोती चौक बस्दै आएका १४ वर्षीय अविशेक चौधरी बैंकबाटै सम्पर्कविहिन भएका छन् । उनको वुवा खुशीराम चौधरीका अनुसार असोज १७ गते दिउँसो उनी धनगढीको क्याम्पस चौकस्थित सांग्रिला डेभलपमेन्ट बैंकमा ५० हजार नगद जम्मा गर्न र ५० हजारको चेक साट्न गएका थिए ।

चेक साटेपछि अविषेकले साढे ३ बजेको समयमा बैंकबाटै फोन गरी कामको शिलशिलामा मालपोत कार्यालय धनगढीमा रहेका आफ्नो बुवालाई ‘मालपोतमा आउँ कि, घरमा आउँ’ भनी सम्पर्क गरेका थिए । उनको फोन सम्पर्कपछि उनको बुवाले कोठामा जान आग्रह गरेका थिए । तर उनी २४ घण्टा बित्दासमेत हालसम्म परिवारको सम्पर्कमा आउन नसकेको उनको बुवा खुशीरामले दुखेसो सुनाए ।

उनको बुवा खुशीरामले जिल्ला प्रहरी कार्यालय कैलालीमा खोजीकार्यको लागि निवेदन दर्ता गराएका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले खोजीकार्य जारी रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here