कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

711

काठमाडौं- यौनकाण्डमा मुछिएका कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरालाई पक्राउ गर्न आजै अदालतले  दिएको  आदेशसँगै प्रहरीले पक्राउ गरेको हो ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले प्रहरीमा महराविरुद्ध लिखित उजुरी गरेकी थिईन् ।

 प्रहरीमा दर्ता भएको किटान जाहेरीमा असोज १२ गते आइतबार राति महरा पीडित महिलाको कोठामा पुगेर जबरजस्ती करणीको प्रयास गरेको कुरा उल्लेख छ ।

महरालाई पक्राउ गरेसँगै प्रहरीले अब अनुसन्धान अघि बढाउने स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here