अश्लील साइटहरु बन्द गर्न असफल, दैनिक ४ जनाकाे बलात्कार

71

काठमाडौं / नेपाल सरकारले अश्लील साइटहरु बन्द गर्न असफल भएको छ । अश्लील साइट बन्द गरेका करिव एक वर्ष पुगेको छ । तैपनि बजारमा तीनै अश्लील साइटहरु खुलमखुला छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ लाई आधार मानेर यौनजन्य अश्लील सामग्रीको आदान९प्रदान, प्रकाशन र प्रसारणमा बन्देज लगाएको
थियो ।

सरकारको तर्क थियो, इन्टरनेटमा यौनजन्य सामग्रीको सहज पहुँचले बलात्कार र अन्य यौनहिंसाका लागि प्रेरित गरेकाले प्रतिबन्ध अत्यावश्यक छ । स्वतन्त्रता हनन भएको र प्रभावकारी नहुने भन्दै आलोचना भयो । तर सरकार आफ्नो निर्णयबाट पछि हटेनबरु प्रतिबन्धलाई ठूलै उपलब्धिझैँ प्रचार गरियो ।

तर नेपाल प्रहरीको तथ्यांकमा यौनजन्य हिंसा घट्नुको सट्टा बढेको छ । आर्थिक वर्ष ०७४÷७५ मा १ हजार ४ सय ८० बलात्कार र ७ सय २७ बलात्कार प्रयासका घटना भएका थिए भने ०७५÷७६ मा यो संख्या क्रमशः २ हजार २ सय ३१ र ७ सय ९२ पुगेको छ । हाल चार लाखभन्दा बढी अश्लील साइट बन्द गरिएको छ । तर यो पूर्ण प्रभावकारी हुन सकेको छैन ।

प्रहरीको तथ्याङ्कले पनि केही समय यता बलात्कारका घटनाहरु बढिरहेको देखाउँछ । बिगत ५ वषर्मा भएका बलात्कारका घटना लगातार बढेको प्रहरी तथ्याङ्कले समेत पुष्टि गर्छ । २०७१ देखि २०७६ को तथ्याङ्कलाई आँकलन गर्ने हो भने हरेक दिन ४ बलात्कारका घटना भएका देखिन्छ ।

नेपालको कानून अनुसार गल्ती प्रमाणित भएको र पीडित १० वर्षभन्दा मुनीको छ भने १० देखि १५ वर्ष जेल सजाय तथा पीडित १० वर्षभन्दा माथि र १६ वर्ष भन्दा मुनीको छ भने ७ देखि १० वर्ष जेल सजाय हुने प्राबधान छ। त्यस्तै, १६ वर्षभन्दा माथिको हकमा ५ देखि ७ वर्ष सम्म जेल सजाय हुने प्राबधान रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here