नवलपरासी / नवलपरासीको कावासोती १६ डण्डामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पश्चिमका लागि छुटेको ना ७ ख ५८१५ नं. को बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७० नम्बरको बलेरो ठक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बलेरो चालक नवलपरासीको साविक जमुनिया गाविस ४ निवासी २५ बर्षीय बलिराम सुनारको मृत्यु भएको छ ।
दुर्घटनापछि उनी बोलेरोभित्रै च्यापिएका थिए । राति साढे १०ः३० बजे दुर्घटना भएको भएपनि राति सवा १ बजेतिर मात्र शव निकालिएको घटनास्थलमा खटिएका ट्राफिक प्रेम श्रेष्ठले जनाए ।
दुर्घटनामा बेलेरोमा रहेको एक जना, बस चालक र बसका एक जना महिला यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।