अन्तर्राष्ट्रियस्तरको बृहत् व्यापारिक मेला ‘जनकपुर महोत्सव २०१९’ हुने

246

जनकपुर / आगामी कात्तिक १ देखि ५ गतेसम्म यहाँ अन्तर्राष्ट्रियस्तरको बृहत् व्यापारिक मेला ‘जनकपुर महोत्सव २०१९’ हुने भएको छ ।

अन्तर्राष्ट्रिय व्यवसायी तथा प्रतिष्ठानलाई एउटै छातामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम तथा सम्भाव्यता सिर्जना गर्ने सो महोत्सवले उद्देश्य रहेको छ । सिया इवेन्टस् एन्ड एसोसिएटस् प्रा.लि., नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ समिति र डेली रोलिङ मिडिया एन्ड इवेन्टस् प्रा.लि. द्वारा तिरहुतिया गाछीमा आयोजना हुने सो मेलामा ७५ वटा कक्ष रहने जनाइएको छ ।

नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यवसायीको सहभागिता रहने सो महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ताको आगमन हुने अपेक्षा गरिएको छ । महोत्सवमा तयारी पोशाक, छालाजन्य उत्पादन, भान्साघरका सामग्री, घरायसी सामग्री, अटो मोबाइल्स, पूर्वाधार, वित्तीय संस्थालगायत विभिन्न अति आवश्यक सामग्री उपलब्ध हुने जनाइएकाे छ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, खाना उत्सव र निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here