रोनाल्डो ७०० गोल नजिक, छैटौं फुटबलर हुँदै   

137

एजेन्सी  / मैदानमा भएको खेलमा पोर्चुगलले १६ औं मिनेटमा बर्नाडो सिल्भाले पहिलो गोल गरेका थिए ।

दुई गोल भने दोस्रो हाफमा भयो । खेलको ६५ औं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि गोल गरे । यो उनको करियरको ६९९ गोल हो । अब उनले सोमबार युक्रेनविरुद्ध गोल गरे ७०० गोल पुरा गर्ने छैटौं फुटबलर बन्नेछन् ।

पोर्चुगलका लागि तेस्रो गोल भने अन्तिम मिनेटतिर गोन्जालो गेइजले गरेका थिए । यस जितसँगै पोर्चुगल ५ खेलबाट ११ अंकका साथ समूह बीको दोस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको युक्रेनको ६ खेलबाट १६ अंक छ भने तेस्रो स्थानमा रहेको सर्बियाको ७, चौथो स्थानमा रहेको लग्मबर्गको ४ र पुछारको लुथिआनियाको १ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here