जाडो छल्न बाहिरी  देशका चरा नेपाल आउन थाले

213

काठमाडाैं  / जाडो छल्नका लागि बाहिरी देशबाट चराहरु नेपाल आउन थालेका छन् ।

चीन, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउलगायत ठाउँबाट चरा आउने क्रम सुरु भइसकेको चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । जाडो छल्न तथा आहारा खोज्न चराहरु ४-५ हजार माइल पार गरेर नेपाल आउने गरेका उहाँले खुलाशा गर्नुभयाे ।

असोजमा आउन थाल्ने चरा चैत वैशाखमा फर्कने गरेका छन् । जाडो छल्न हिउँदमा १ सय ५० प्रजातिका र गर्मी छल्न ५० देखि ६० प्रजातिका चरा नेपाल आउने उहाँले जानकारी दिनुभयो । कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेका छन् ।

यसैबीच आज विश्व आप्रवासी चरा दिवस मनाइँदैछ । वर्षमा २ पटक मे महिनाको दोस्रो शनिबार र अक्टोबरको दोश्रो शनिबार यो  दिवस मनाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here