डेनमार्कको संघर्षपूर्ण जित, स्विजरल्याण्ड हार्न बाध्य

128

एजेन्सी / युरो कप छनोटमा डेनमार्कले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा डेनमार्कले स्विजरल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको छ । डेनमार्कलाई जित दिलाउन युसुफ पाउलसेनले एकमात्र निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको डेनमार्कका लागि खेलको ८५ औँ मिनेटमा युसुफले गोल गर्दै जित दिलाउन सहयोग गरे । जितसँगै समूह ‘डी’ को डेनमार्कको ६ खेलबाट १२ अंक रहेको छ । त्यस्तै शीर्ष स्थानको आयरल्याण्डको पनि १२ अंक रहेको छ । पराजित स्विजरल्याण्डको ८ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here