महँगो मोबाइलमा ब्याट्री नटिक्नुका कारणहरू

254

एजेन्सी / नयाँ–नयाँ प्रवीधिहरुको विकाससँगै स्मार्ट फोनको विकासक्रम द्रुतगतिमा बढिरहेको छ । सुविधाहरु बढिरहेका छन् । तर, वर्षौंदेखि स्मार्टफोनमा खासै सुधार हुन नसकिरहेको एउटै समस्या छ, ब्याट्री लाइफ । महँगा र आधुनिक प्रविधिका स्मार्ट फोनमा पनि ब्याट्री धेरै नटिक्ने समस्या यथावत् छ ।

बरु एक–दुई हजारका साधारण फोन सेटमा एकपटक फुल चार्ज गरेपछि चार–पाँच दिनसम्म ब्याट्री टिक्छ । तर, लाखौँका स्मार्टफोनका ब्याट्रीले मुस्किलले एक वा दुई दिन धान्दछन् । यसको कारण के त रु स्मार्ट टेक्नोलोजीको विकास यति अघि बढिसक्दा ब्याट्री लाइफमा भने किन सुधार भइरहेको छैन ? फोनको तुलनामा ब्याट्रीको टेक्नोलोजी किन विकसित हुन सकिरहेको छैन ?

एरेगन कोल्याबरेटिभ सेन्टर फर इनर्जी स्टोरेज साइन्सका डाइरेक्टर तथा ब्याट्री टेक्नोलोजीका ज्ञाता भेन्कट श्रीनिवासनले ‘द भर्ज’ सँगको कुराकानीमा यसको जवाफ दिएका छन् । उनले ब्याट्रीको टेक्नोलोजीमा सुधार नभएको होइन, अन्य टेक्नोलोजीको तुलनामा यसको विकासको रफ्तार केही ढिलो भएको मात्र हो । श्रीनिवासन भन्छन्, ‘हाम्रो फोन समयसँगै विकसित मात्र भएन, यसलाई बढि  शक्तिकाे आवश्यकता पर्न थाल्यो, र यो आवश्यकता ब्याट्रीको विकासभन्दा निकै छिटो बढ्यो ।’

‘पाँच वर्षअघि ब्याट्रीलाई लिएर हामी यस्तो अवस्थामा थियौँ कि त्यसभन्दा राम्रो केही गर्न सकिँदैनथ्यो, र हामी केही हटाउन पनि सक्दैनथ्यौँ,’ श्रीनिवासन भन्छन्, ‘अहिले ब्याट्रीका आन्तरिक कम्पोनेन्टहरुलाई खाँदेर त्यसको आकार सानो गरिएको मात्र छैन, नयाँ पदार्थहरुले पुराना पदार्थलाई विस्थापन गरेर हेरिँदै छ । तर, यसको रफ्तार ‘इन्जिनियरिङ एड्भान्समेन्ट’को तुलनामा सुस्त छ, यसमा कुनै दुई मत छैन ।’

ब्याट्री टेक्नोलोजीमा सुधारका सामान्य प्रयासबाहेक दशकौँदेखि नयाँ टेक्नोलोजीको विकास हुन सकिरहेको छैन । आजकल स्मार्ट फोन ब्याट्रीमा लिथियम कोबाल्टको प्रयोग हुन्छ, जुन १९९० (इस्वी सम्बत) को दशकदेखि चलिरहेको छ । यस्तोमा भविष्यमा यदि कुनै नयाँ टेक्नोलोजीको विकास भयो भने ब्याट्री लाइफको समस्या समाधानको सुरुवात नयाँ शिराबाट
हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here