स्पेनले नर्वेसँग बराबरी खेल्यो

65

एजेन्सी / युरो कप छनोटमा स्पेनले बराबरी खेलेको छ । शनिबार राती भएको खेलमा स्पेनले नर्वेसँग १–१ गोलको बराबरी खेलेको छ । युलेभल स्टेडियममा भएको खेलको दोस्रो हाफमा दुबै टोलीले एक–एक गोल गरेका थिए । खेलको ४७ औँ मिनेटमा स्पेनका लागि सालु निगुजेले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा नर्वेका लागि जोसुआ किङले पेनाल्टीमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । आजको खेलमा कप्तान रामोसले स्पेनको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडीको रुपमा नयाँ कीर्तिमान बनाएका छन् ।बराबरीसँगै समूह ‘एफ’ मा शीर्ष स्थानको स्पेनले सात खेलबाट १९ अंक जोडेको छ । यता नर्वेको १० अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here