९७ वर्षका वैज्ञानिकले जिते नोबेल पुरस्कार

23

एजेन्सी /  यस वर्षको रसायनशास्त्रतर्फका नोबेल पुरस्कार जितेका छन् । यी तीन वैज्ञानिकले लिथियम–आयन ब्याट्रीको खोजका लागि नोबेल पुरस्कार पाएका हुन् । उक्त ब्याट्रीको उपयोग मोबाइल र ल्यापटपमा गरिन्छ । अचम्मको कुरा त, यी तीनमध्ये एक वैज्ञानिकको उमेर ९७ वर्ष पुगिसकेको छ । पहिलोपटक यति वृद्ध वैज्ञानिकले नोबेल पुरस्कार पाएका हुन् ।

जोन गूडइनफ नाम गरेका ९७ वर्षका नोबेल पाएका हुन् । यसअघि ९६ वर्षको उमेरमा आर्थर आस्किनले नोबेल पुरस्कार पाएका थिए । आर्थरलाई पोहोर साल भौतिकशास्त्रमा नोबेल पुरस्कार दिइएको थियो ।  रसायनशास्त्रका साथै भौतिकशास्त्रमा पनि काम गर्छन् । ९७ वर्षमा पनि उनी सक्रिय छन् ।

जर्मनीमा जन्मिएका गूडइनफ अमेरिकाको टेक्सस विश्वविद्यालयमा प्राध्यापक छन् । उनीसँगै नोबेल पुरस्कार पाउने ७७ वर्षीय स्ट्यान्ली ह्विट्टिंघम बेलायती–अमेरिकी वैज्ञानिक हुन् । उनी अहिले न्युयोर्क स्टेट विश्वविद्यालयमा रसायनशास्त्रका प्राध्यापक हुन् । तेस्रा वैज्ञानिक अकिरा योशिना ७१ व्र्षका भए र उनी जापानको मेइजो विश्वविद्यालयमा आबद्ध छन् ।

लिथियम ब्याट्रीको खोजले करोडौं मानिसको दैनिक जीवनमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । मोबाइल फोन, पेसमेकर, विद्युतीय कार जस्ता कुरा उपयोग गर्ने व्यक्तिको जीवनमा यी वैज्ञानिकहरूको खोजले असर पारेको छ । ग्लोबल वार्मिङको संकट सामना गरिरहेको विश्वका लागि राहत पुग्नेगरी यी तीन वैज्ञानिकहरूले नवीकरणीय ऊर्जाका स्रोतहरूमा काम गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here