हत्या आरोपमा पक्राउ परेका आलम  सांसद पदबाट निलम्बित

115

काठमाडौं –   हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम  सांसद पदबाट निलम्बन भएका छन् । संसद सचिलयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो ।

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनाको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here