औषधी खरीदमा ठगी गरेको अभियोगमा पक्राउ 

161

मोरङ / औषधी खरीदमा ठगी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१० स्थित साक्षी मेडिकल हलमा काम गर्ने सुनसरी भोक्राह नर्सिङ गाउँपालिका-३ बस्ने १९ वर्षीय सन्तोष मेहतालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ ।

उदयपुर त्रियुगा नगरपालिका-७ का सवारी दुर्घटनाका घाइतेलाई न्युरो अस्पताल विराटनगरमा उपचारमा लाग्ने सम्पूर्ण औषधी उक्त मेडिकल हलबाट खरीद गर्न भनि अग्रिम २ लाख रुपैयाँ डिपोजिट राखेकोमा औषधीको पैसा तिर्न जाँदा औषधीको मुल्य बढाउन सच्याएको बिल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here