नियन्त्रित लागूऔषध सहित पक्राउ 

142

मोरङ / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० र १२ स्थित पूर्वपश्चिम राजमार्गबाट सुनसरी ईटहरी उपमहानगरपालिका-२ पशुपति चोक बस्ने २० वर्षीय असिम श्रेष्ठलाई नियन्त्रित  लागूऔषध स्पास्पेन १ हजार ६ सय ७० ट्याव्लेट, क्याडोल-५० ट्याब्लेट १ हजार ६ सय २० थान, रिमोडोल-५० ट्याब्लेट ६ थान, मोवाइल १ थान र को .१३ प १२७६ नम्बरको मोटरसाइकल १ थान सहित बिहीबार पक्राउ गरेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार असिमलाई उक्त परिमाणको  लागूऔषध सहित फेला पारी ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ  गरेको हो ।

साथै उक्त लागूऔषध बिक्री वितरण हुने गरेको तिरूपती मेडिकलका संचालक सुन्दरहरैंचा-४ बस्ने २६ वर्षीय नरेश यादव समेतलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त मेडिकलबाट डाइलेक्स-डिसी लेखिएको खाली बोतल २ थान, स्पास्पेन लेखिएको २ सय १९ खाली ट्याब्लेट र स्पास्मो लेखिएको १९ खाली ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here