महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

104

काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न  काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

न्यायाधीश दिपक कुमार दाहालको इजलाशले महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विगत दशदिन देखि महरालाई हिरासतमा राखिएको छ । गत असोज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा शाहीको उजुरीपछि महरालाई पक्राउ गरिएको हो ।

उजुरीकर्ता रोशनी शाहीले भने आफुलाई जबरजस्ती उजुरी लेख्न लगाइएको आरोप प्रहरीमाथि लगाउँदै आएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here