सांसद प्रमोद साह विमानस्थलबाट पक्राउ

176

काठमाडौं, / राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई आज त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको भीआइपी कक्षबाट पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी जनकपुर पठाउँदैछ । जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा उजुरी परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । पक्राउ पूर्जी बनेकाले उनलाई घटना घटेको जिल्लामा पुर्याइने भएको छ ।

शाहले साँढे ११ बजे उड्नुपर्ने विमान दुई घन्टा ढिलो हुँदा भीआइपी कक्षमा सुविधा नदिएको भन्दै बुद्ध एयरको विमानस्थलस्थित कार्यालयमा तोडफोड गरेका थिए । उनले कम्युटर समेत फुटाएका थिए ।

शाह पक्राउ परेको अपराध महाशाखाका एसएपी सहकुल थापाले जानकारी दिए । उनलाई हिरासतमा राख्न जनकपुरमा प्रहरीको टोली तयारी अवस्थामा बसिसकेको बुझिएको छ । धनुषा प्रहरीका अनुसार उनीमाथि तोडफोड र अभद्र व्यवहार गरेको आधारमा कारबाही हुनसक्छ ।

साह राजपाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । युवावस्थामै राजनीतिक उचाई हासिल गरेका उनी पक्राउको घटनालाई राजपाले गम्भीर रुपमा लिएको छ ।प्रदेश नम्बर २ मा राजपा सत्तामा छ । सत्तामा भएको सांसद पक्राउ परेको घटनाले उत्पन्न हुने परिस्थितिलाई ध्यानमा राखी प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

बुद्ध एयरको कर्मचारीलाई हातपात गरेको विषय बाहिर आएको थियो । कर्मचारीले जहाज चढाउन नमानेपछि प्रमुख जिल्ला अधिकारीको दबाबमा जहाजमा राखिएको थियो । यस घटनापछि वायु सेवा संचालक संघहरुले सात दिनभित्र कारबाही नगरे जनकपुर विमानस्थलमा उडान नभर्ने चेतावनी दिएका थिए । उनीहरुले हिजो नै विज्ञप्ति जारी गरी चेतावनी दिएपछि कारबाही अगाडि बढाइएको थियो ।

प्रहरीले उनीमाथि किटानी जाहेरी दिए पक्राउ गर्न सकिने जनाएपछि  उजूरी परेको थियो । उजूरीलगत्तै प्रहरीले पक्राउ पूर्जी बनाएको थियो । पूर्जी तयार भएपछि काठमाडौंबाट शाह पक्राउ परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here