चलचित्र ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक (भिडियो)

432

काठमाडौं / आगामी कात्तिक २२ गतेबाट अधिराज्यभर प्रदर्शन हुन  लागेको चर्चित छायाँकार हरि हुमागाईंले निर्देशन गर्नु भएको चलचित्र ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ ।  करिव २ मिनेट ३३ सेकेण्ड लम्बाईको ट्रेलरमा चलचित्रकी लिड अभिनेत्री सुमी मोक्तानलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलर हेर्दा एक्सन प्रेमी दर्शकलाई चलचित्रले रिझाउन सक्ने देखिन्छ ।

चलचित्रमा सुमीको पिताको भूमिका क्याप्टेन विजय लामाले निभाएका छन् भने, अभिनेता सन्नी सिंह प्रेमीको भूमिकामा छन् । पिताको हत्यारालाई सजाय दिन एक छोरीले गर्ने संघर्षको कथा चलचित्रले वाचन गर्ने ट्रेलरले प्रस्ट्याउँछ । बदलाको कथामा निर्मित चलचित्रलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको निर्देशक हुमागाईं जनाएका छन् ।

चलचित्रमा सुमी, सन्नी र विजयका अलावा लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ ।

उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको चलचित्रमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । ‘सरौतो’ आफ्नो ड्रिम प्रोजेक्ट जनाउने अभिनेत्री सुमी फिल्मका लागि एक्सन सिक्न निकै मेहनत गरेको जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here